- अमर काफ्ले

सुनसरीमा ७ दिन निषेधाज्ञा थपिएको छ । डीसीसीएमसीको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जेठ २२ गते मध्यरात सम्म निषेधाज्ञा कायम गरिएको छ । प्रजिअ ढकालले जिल्लामा जारी निषेधाज्ञाकै कारण कोरोना भाइरस फैलने क्रममा कमी आएकाले समय थप गरिएको बताए ।ढकालका अनुसार निषेधाज्ञाको अवधिमा यस अघिका निर्णय स्वतः लागु रहने छन् ।

त्यसका अलावा सरकारद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको प्रावधान अनुरुपको व्यवस्था थप हुनेछ ।अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा पु¥याए एक वर्ष र उल्लंघन गरे मात्र पनि ६ महिना कैद हुने व्यवस्था गरेको छ ।आदेश नमान्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले सिधै एक लाख र संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ । प्रजिअ ढकालले अब सोही अनुरुप हुने बताए ।त्यसका साथै सुरक्षाकर्मीले अध्यादेश बमोजिम अब मास्क नलगाउने, अटेर गरी हिंड्नेको हकमा पटकै पिच्छे जरिवाना लगाउन सक्ने छन् । सुनसरी प्रशासनले समेत थपिएको अवधिमा सोही अनुरुपको कडाइ गर्न निर्देशन दिइएको जनाएको छ ।अब मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय जरिवाना हुनेछ । निषेज्ञाको अवधिमा अटेर गर्रेलाई सुरक्षाकर्मीले पटकै पिच्छे दुई सय जरिवाना गर्न सक्नेछन् ।त्यसका साथै रोक लगाइएको अवस्थामा अत्यावश्यक अवस्थामा अनुमती वाहेक सवारीसाधन चलाएको पाइए दुई पांग्रेको हकमा दुई हजार र अन्यको हकमा पाँच हजार जरिवाना हुने छ । सुनसरीमा यस अघि जारी निषेधाज्ञाको अवधि जेठ १५ गते मध्यराती सकिदै छ ।


तपाईको प्रतिक्रिया