- बिरेन्द्र शाह

नेपाली काङग्रेसको उद्योग तथा व्यबसाय क्षेत्रको बिज्ञको रुपमा मनोज कुमार साहलाई न्युक्त गरिएको छ । नेपाली काङग्रेसको बिषय गत समितिको रुपमा रहेको उद्योग तथा व्यबसाय क्षेत्रको बिज्ञको रुपमा साहलाई न्युक्त गरिएको हो ।

पार्टीको बिधान २०१७ (संशोधन सहितको) ३१ (१) ङ बमोजिम समितिको बिज्ञको रुपमा मनोति गरिएको छ । लामो समय देखि काग्रेसको राजनीतिमा सक्रिय रहदै आएका साहलाई उद्योग तथा व्यबसाय क्षेत्रको बिज्ञको रुपमा न्युक्त गरिएको हो । पछिल्लो समय साह राजनीतिक संगै व्यवसाय समेत गर्दै आएका छन । साहले सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको लौकहीका स्थानीयहरुले बताएका छन ।



तपाईको प्रतिक्रिया