- अमर काफ्ले

कोभिड अस्पताल इनरुवाको सेवा सुरु भएको छ । इनरुवा अस्पतालमा रहेको कोभिड सेवा बुधवारबाट संचालनमा आएको हो । इनरुवा अस्पतालका निमित्त कार्यालय प्रमुख लोकेन्द्र आचार्यका अनुसार कोभिडका बिरामीको भर्ना समेत लिन थालिएको छ ।

अक्सिजन पाइप जडान गरी सेवा थालिएको बताएका आचार्यले कोभिड उपचार सुरु भएसँगै नगरवासी लगायतको उपचारमा सहज हुने बताए ।आचार्यले कोभिड संक्रमित मध्ये स्वास्थ्यमा समस्या आइ परेकाहरुको हकमा अस्पताल भर्ना गरिने बताए । हाललाई २० वेडबाट थालिएको सेवा क्रमशः विस्तार गर्दै लैजाने योजनामा रहेको आचार्यले जानकारी दिए ।यसैबिच स्वास्थ्य कार्यालय सुनसरीले इनरुवाको कोभिड अस्पतालको लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य प्रमुख सागर प्रसाईले आवश्यक स्रोत साधन र चिकित्सक सहितको जनशक्ति व्यवस्थापनमा जोड दिई सहज र भरपर्दो उपचारलाई ध्यानमा राखि सेवा थालिएको बताए । इनरुवाको कोभिड अस्पताल इनरुवा नगरपालिका र प्रदेश सरकारको सहयोगमा संचालनमा ल्याइएको हो ।


तपाईको प्रतिक्रिया