- अमर काफ्ले

इनरुवामा संचालनमा रहेको कोभिड अस्पताललाई काठमाडौंमा रहेको बोधिसत्व विहारले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुढानिलकण्ठ काठमाडौंमा रहेको बोधिसत्वले स्वास्थ्य कार्यालय सुनसरीले सहयोगको लागि गरेको आग्रह बमोजिमका सरसामान उपलब्ध गराएको हो ।

स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीका प्रजिअ उमेश कुमार ढकालको पहलमा बोधिसत्व विहारबाट कोभिड अस्पताल इनरुवाका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।उक्त सामाग्री कोभिड अस्पताल इनरुवालाई हस्तान्तरण समेत भैसकेको प्रसाईले जानकारी दिनुभयो । प्रसाईका अनुसार सहयोग वापत उपलब्ध गराइएका सरसामानमा कोभिड उपचारमा उपयोगी स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।


तपाईको प्रतिक्रिया