भ्याक्सिनबारे भ्रम तथा सत्यता
नेपालमा अहिलेसम्म अनुदान र खरिद गरिएको २८ लाख भ्याक्सिन मध्ये करिब २७ लाख ५० हजार भन्दा बढी लगाईसकिएको छ। जसमा करिब ६ लाख ५० हजार जनाले डबल डोज लगाइसकेका छन् भने २० लाख ८५ हजार जनाले फस्ट डोज लगाएका छन्। सबैभन्दा धेरै भ्याक्सिन लगाउने देशहरुको सुचिमा नेपाल ९६ औ स्थान छ। यो संगै खुशीको कुरा चीन लगायतका देशले नेपाललाई खोप अनुदानमा दिने प्रकृया अघि बढाएका छन् ।

कोरोना भाइरसले कसरी मानव शरीर अस्वस्थ बनाउछ?
कोरोना भाइरस नाक र मुखबाट शरीरभित्र प्रवेश गर्छ। कोरोना भाइरसको २ भाग हुन्छ। एउटा भाग जुन बाहिर ताज जस्तो देखिन्छ त्यसलाई Spike Protein भनिन्छ। कोरोना भाइरस यहि स्पाइक प्रोटिनकै सहायताले फोक्सो भित्र प्रवेश गर्छ। कोरोना भाइरसको अर्को भाग जसलाई Genetic Material भनिछ त्यो कोरोना भाइरसको गोलाकार आकारभित्र हुन्छ। यसको मुख्य काम भनेको कोरोनाको पिढी बढाउने हो। आफु जस्तै अर्थात् हजारौ लाखौ कोरोना भाइरस उत्पादन गर्नु हो।

सोधकर्ताः उत्तम चाम्लिङ राइ

फोक्सोको बाहिरी भाग पनि २ प्रकारको हुन्छ। एउटा ‘ताज’ जस्तै देखिने भाग हुन्छ जसलाई Receptor भनिन्छ। अर्को फोक्सोको बाहिरी समथल भाग जसलाई Cell Membrane भनिन्छ। फोक्सोको Cell Membrane ले अव्याश्यक प्रोटिन न्युट्रीसन् बाहेक अन्य बेकारको केहि चिजलाई फोक्सो भित्र पस्न दिदैन। तर फोक्सोको बाहिरी भागमा रहेको Receptor ले भने उसंग टासिन आएको कुनैपनि चिजलाई सजिलै फोक्सो भित्र पस्न दिन्छ।

जब कोरोना भाइरस हाम्रो शरीरभित्र प्रवेस गर्छ त्यसको Spike Protein गएर सिधै फोक्सोको Receptor संग टासिन्छ र सजिलै फोक्सो भित्र प्रवेश गर्छ। भित्र पसेपछि कोरोना भाइरसको अर्को भाग (कोरोनाको भित्री भाग) RNA Genetic Material मा पुग्छ। र त्यहाँ रहेको Ribosome बाट त्यसले हजारौ लाखौ कोरोना भाइरस उत्पादन सुरु गर्न थाल्छ एक हिसाबले भन्दा फोटोकपी गर्छ जुन चै फोक्सो हुदै शरीर भरि फैलिन्छ। यसरि लाखौको संख्यामा रहेको भाइरसले फोक्सोभित्र रहेको अक्सिजन र कार्बनडाइअक्साइड साटासाट गर्ने Alveoli  लाइ कमजोर बनाउछ। जसले गर्दा सास फेर्न गारो हुन्छ, घाटी खसखस बनाउछ र सुक्खा खोकी लगाउछ।

सामान्यतय कोरोना भाइरस शरीरभित्र प्रवेश गर्न बित्तिकै प्रतिरक्षा प्रणालीले त्यो भाइरससंग लड्ने एन्टीबडी उत्पादन गर्न सुरु गरिसक्छ। तर एन्टीबडीले त्यो भाइरस के हो, यसलाई कसरि परास्त गर्न सकिन्छ भनेर आफुलाई तयार गर्दा सम्ममा माथि भने झैँ शरीरभित्र लाखौको संख्या कोरोना भाइरस बनिसक्छ। भाइरसको संख्या भन्दा थोरै र अयोग्य मात्रामा रहेको एन्टीबडीले भाइरसको प्रभावकारितालाइ रोक्न नसकेपछि मानिसलाई बढी मात्रामा अस्वस्थ बनाउदै लैजान्छ र अन्तत स्वास प्रस्वास प्रक्रिया पुरै बन्द गराएर मृत्युको अवस्थामा पुर्याउछ। शरीरभित्र रहेको हजारौ लाखौ मात्रामा भाइरस र एन्टीबडीबीच बीच भएको संघर्षका कारण नै शरीरको तापक्रम बढ्न थाल्छ जुन ज्वरोको रुपमा अनुभव हुन्छ।

भ्याक्सिनले कसरि काम गर्छ?
विश्वभर अहिलेसम्म प्रयोग भइरहेको भ्याक्सिनहरु; फ़ाइजर (अमेरिका), मोडेर्ना (अमेरिका), जोन्सन एण्ड जोन्सनको जान्सेन (नेदरल्याण्ड) स्पुतनिक (रुस), कोभिशिल्ड (इंगल्याण्ड), कोभ्याक्सिन (भारत), सिनोफाम (चीन), भिरोसेल (चीन) हुन्।

भ्याक्सिनको काम भनेको प्रतिरक्षा प्रणालीलाइ भाइरस विरुद्ध लड्ने योग्य र पर्याप्त मात्रामा चाहिने एन्टीबडी बनाउन समय दिने हो, उत्प्रेरणा दिने हो। भ्याक्सिन आफै भाइरससंग एन्टीबडी होइन। अहिलेसम्म प्रयोगमा आएको कोरोना भ्याक्सिन २ ओटा विधिहरुबाट बनेका छ।

  • भारत बायोटेकले बनाएको “कोभ्याक्सिन” ले असली कोरोना भाइरसलाइ नै निस्क्रिय बनाएर शरीरभित्र प्रवेश गराउछ।
  • अन्य सबै भ्याक्सिनहरुले कोरोना भाइरसको Genetic Material बाट बनेको ‘नक्कली कोरोना भाइरस’ लाइ भ्याक्सिनमार्फत मानव शरीरभित्र प्रवेश गराउछ।

जब यी भ्याक्सिनहरुबाट निस्क्रिय र नक्कली कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश हुन्छ हाम्रो प्रतिरक्षा प्रणालीले स्वाभाविक रुपमा एन्टीबडीहरु उत्पादन गर्न थाल्छ। भ्याक्सिन लगाउन बित्तिकै तत्कालै शरीरभित्र यसको प्रभावकारिता दर अनुसार एन्टीबडी उत्पादन भइ कोरोना भाइरसबाट सुरक्षा प्रदान हुदैन। एन्टीबडीलाइ भाइरसको पहिचान गर्न त्यसलाई निस्क्रिय बनाउने गरि योग्य हुन कम्तिमा २ हप्ता समय लाग्छ।

पर्याप्त मात्रामा योग्य एन्टीबडी उत्पादन भइसकेको अवस्थामा कोरोना भाइरस शरीरभित्र प्रवेश गर्न साथ उक्त एन्टीबडीहरु भाइरसको Spike Protein मा गएर टासिएर बस्छ जसले गर्दा भाइरसको Spike Protein र फोक्सोको Receptor बीच सम्पर्कहुन पाउदैन। सम्पर्क हुन नसकेपछि भाइरस फोक्सोभित्र प्रवेश गर्नबाट बन्चित हुन्छ र Ribosom बाट थप संख्यामा कोरोना भाइरस उत्पादन हुने सम्भावना पनि बन्द हुन्छ। यसरि भाइरस निस्क्रिय भएपछी फोक्सो सुरक्षित हुन्छ र मानिस स्वस्थ रहन्छ। विज्ञहरुको अध्ययन र अनुसन्धान अनुसार भ्याक्सिन लगाएको मानिसबाट कोरोना सर्ने सम्भावना न्यून र सरिहाले पनि उक्त भाइरस कमजोर रहेको पाइएको छ।

हाल प्रयोगमा आएको कुनैपनि भ्याक्सिनले १००% प्रभावकारिताका साथ काम गर्दैन। नेपालमा अनुदान र खरिद गरिएको २० लाख कोभिशिल्ड भ्याक्सिनको प्रभावकारिता ७०-९०% रहेको विज्ञ र बिभिन्न अनुसन्धानबाट जानकारीमा आएको छ। यो डबल डोज लगाइसकेकाहरुमा अनुसन्धान गरिएको तथ्यांक हो। त्यसै गरि अनुदानमा आजै प्राप्त हुने १० लाख चिनिया भ्याक्सिन भेरोसेलको प्रभावकारिता करिब ७९% रहेको डब्लु एच ओ ले जनाएको छ। सबै भ्याक्सिनको केवल पहिलो डोजले मात्र पनि ५०% भन्दा बढी काम गर्ने विभिन्न अनुसन्धान र विज्ञहरुद्वारा जानकारीमा आएको छ।

अलग अलग प्रकारको भ्याक्सिन लगाउदा के हुन्छ?
२ हप्ता अगाडी भारतको महाराष्ट्र राज्यको जालना जिल्लामा ७२ बर्षिय एक व्यक्तिलाइ फस्ट डोज कोभाक्सिन र सेकेन्ड डोज कोभिशिल्ड दिइएको थियो। त्यस व्यक्तिको परिवारका सदस्यहरुका अनुसार भ्याक्सिन लिने व्यक्तिमा दुष्प्रभाव (Side Effect) रुपमा सामान्य केहि जटिलता मात्र देखिएको बताए। खासै केहि गम्भीर दुष्प्रभाव (Side Effect) देखिएन। तर बिना कुनै अनुसन्धान, परिक्षण बिना त्यसरी अलग अलग भ्याक्सिन दिईएको कारण त्यहाका स्वास्थ अधिकारीमाथि सरकारद्वारा कारवाही गरियो जुन बिल्कुल जायज थियो। तसर्थ अधिकारिक स्वास्थ संस्था, सम्बन्धित निकायको अनुमोदन बिना अलग अलग भ्याक्सिन लगाउनु जोखिमपूर्ण हुनसक्छ।

तर हाल विश्वभर भ्याक्सिनको माग उत्पादन भन्दा बढी मात्रामा बढीरहेकोले इंग्ल्यान्डको सरकारले अक्फोर्ड यूनिवर्सिटीसंगको सहकार्यमा हालै Com-COV  नाम गरेको एक अध्ययन अनुसन्धान गर्यो। जसमा केहि स्वास्थ स्वयमसेवकहरुलाई पहिलो डोज एसट्रा जेनिकाको भ्याक्सिन र दोस्रो डोज फाइजर लगायो। यसरि अलग अलग भ्याक्सिन लगाएको व्यक्तिमा सामान्यतय एकै भ्याक्सिन लगाएको व्यक्तिमा भन्दा बढी दुष्प्रभाव (Side Effect) देखियो। तर खासै कुनै गम्भीर दुष्प्रभाव (Side Effect) देखाएन जसले गर्दा व्यक्ति अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आयो न कसैको मृत्यु नै भयो। जस्तोकि एकै भ्याक्सिन लगाउने व्यक्तिमा सामान्य ज्वरो आउने, भ्याक्सिन लगाएको र अन्य जोर्नी भएको ठाउमा दुख्ने, टाउको दुख्ने या थकान अनुभव हुने साधारण दुष्प्रभाव (Side Effect) हरु देखिएको पाइन्छ। अलग अलग भ्याक्सिन लगाउने ति स्वयम सेवकहरुमा पनि उस्तै दुष्प्रभाव (Side Effect) हरु देखिएको छ तर अलि बढी मात्रामा देखिएको पाइयो। इंग्ल्यान्डको सरकार र अक्फोर्ड यूनिवर्सिटी यो अध्ययन अहिले दोस्रो चरणमा Com-COV2 चलिरहेको छ। परिणाम र तथ्यांक आउन बाकी छ। यस्तै अलग अलग भ्याक्सिनको प्रयोग र त्यसको अध्ययन र अनुसन्धान फ्रान्समा पनि भइरहेको छ।

यो लेख विभिन्न विस्वस्नीय स्रोत, डब्लुएचओ को वेबसाइट र अन्य अन्तराष्ट्रिय मिडियाहरुबाट प्राप्त जानकारीको आधारमा तयार पारिएको हो। यसमा लेखकको आफ्नो कुनै विचार या मत समावेश छैन। सोधकर्ताः उत्तम चाम्लिङ राइ


तपाईको प्रतिक्रिया