नेपाल प्रहरी र सशस्त्र र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।डाक्टर हरिबंश दुलाल र उत्तम राईको नेतृत्व र पहलमा जुटेको रकमबाट खरीद गरी नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान कार्यालयको लागि कोभिड १९ व्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीलाई हस्तान्तरण गरिएको छ ।समाजसेवी रोहित निरौलाले दाताहरु सँगको समन्वयमा सुरक्षा निकायका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।


निरौलाले दुलाल र राईको पहलमा थालिएको राहत सहयोग अभियान अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनले दुलाल र राई नेतृत्वको अभियानमा स्वदेश तथा विदेशमा रहेका इनरुवाबासी सहित अन्यले साथ दिइरहेको समेत बताए ।  सामाजिक सञ्जालबाट थालिएको राहत अभियान अन्तर्गत जुटेको रकमले नगर भित्र रहेका वास्तविक विपन्न, असहाय, अशक्त लगायत कोरोनाका कारण मारमा परेका वर्ग र समूदायको हकमा घरदैलो खाद्यान्न सहयोगको क्रम जारी छ ।


तपाईको प्रतिक्रिया