- अमर काफ्ले

डीसीसीएमसी सुनसरीले जिल्लाको हकमा जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले निषेधाज्ञा थप भएको जानकारी दिनु भएको हो ।

प्रजिअ ढकालले निषेधाज्ञाका कारण चहलपहलमा आएको कमीका कारण कोरोना भाइरस फैलन रोकिए पनि जोखिम भने कायमै रहेकाले निषेधाज्ञा थपको निर्णयमा पुगिएको बताउनु भयो ।ढकालले जिल्लामा संक्रमण दर घट्दो क्रममा रहेको भएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हतार गर्न नहुने निष्कर्शमा पुगी निषेधाज्ञा थप गर्नेे निर्णय लिइएको बताउनु भयो ।प्रजिअ ढकालका अनुसार थपिएको अवधिमा यस अघि गरिएका निर्णय कायमै रहने छन । ढकालका अनुसार बिकास निर्माणका कार्य निर्वाध संचालन गर्न दिइने छ भने कामदार र मजदुरको हकमा आवतजावतमा सहजिकरण गरि सहजता दिलाइने छ ।


तपाईको प्रतिक्रिया