सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ बाट बाल विवाह गर्ने र गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा बेहुला सहित बेहुलीका बाबु र मध्यस्थकर्ता रहेका छन् । सुचनाका आधारमा पुगेको प्रहरीले मण्डपबाट बेहुला सहित तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्ने बेहुलाको घर इनरुवा ४ हो भने मध्यस्थकर्ता मेहताको घर भने इनरुवा ८ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार बेहुलाको उमेर २४ र बेहुलीको उमेर १७ वर्ष रहेको छ ।पक्राउ परेकाहरुको हकमा अदालतबाट म्याद थप भई अनुसन्धान अघि बढाइएको कार्कीले जानकारी दिनुभयो ।नेपालको कानुनमा २० वर्ष उमेर नपुगी विवाह गर्न पाइदैन् । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह मानी कानुनी कार्वाहीको प्रकृया अघि बढाउने कानुनी व्यवस्था रहेको छ ।


तपाईको प्रतिक्रिया