आइसीएफसी फाइनान्स लिमिटेड भाटभटेनी काठमाडौंले इनरुवामा सहयोग गरेको छ । आइसीएफसीले कोरोना महामारीको समयमा सुरक्षाकर्मीको लागि प्रयोगमा ल्याउने गरी स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको हो । उक्त फाइनान्सले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेड क्वाटर सुनसरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

फाइनान्सले उपलब्ध गराएको स्वास्थ्य सामाग्री इनरुवाका सामाजिक अभियान्त रोहित निरौलाले सम्वन्धित कार्यालय प्रमुखलाई भेटेर हस्तान्तरण गरेका छन् । स्वयं निरौलाले नै काठमाडौंमा रहेको आइसीएफसी फाइनान्स मार्फत इनरुवा स्थित रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयलाई लक्षित गरी स्वास्थ्य सामाग्री सहयोगको प्रवन्ध मिलाएका हुन् ।निरौलाले बताए अनुसार आइसीएफसी फाइनान्स लिमिटेड भाटभटेनी काठमाडौंका प्रवन्धक संजय थपलियाको विशेष पहलमा उक्त स्वास्थ्य सामाग्री अग्र पंक्तिमा खटिदै आएका सुरक्षाकर्मीहरुको लागि उपलब्ध गराइएको हो । निरौलाले नेपाल प्रहरी र सशस्त्रलाई १६ हजार माक्स र ग्लोब्स हस्तान्तरण गरिएको बताए ।काठमाडौंमा रहेर इनरुवामा रहेको कार्यालयको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल नम्बर ४ गणले आइसीएफसीलाई धन्यवाद पत्र समेत प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणका गणपति माधव प्रसाद पौडेलले सहयोगका लागि आइसीएफसी फाइनान्स लिमिटेड भाटभटेनी काठमाडौं प्रति आभार प्रकट गरेका छन् ।यसैबिच समाजसेवी निरौलाकै पहलमा २० हजार थान माक्स जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जिम्मा लगाइएको छ । कर्मचारी र सुरक्षाकर्मीलाई लक्षित गरी प्रशासनलाई माक्स हस्तान्तरण गरिएको निरौलाले जानकारी दिए । उक्त सामाग्री प्रजिअ उमेश कुमार ढकालले बुझ्नु भएको थियो ।


तपाईको प्रतिक्रिया