- अमर काफ्ले

इनरुवा ९ घर भएकी अन्दाजी १५ वर्षिया बालिका उपर करणीको प्रयास भएको छ । स्वयं पीडित बालिकाले प्रहरी समक्ष आफुमाथि करणीको प्रयास भएको व्यहोरा सहितको किटानी जाहेरी दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले घटना सम्बन्धमा जाहेरी परेको बताए । डिएसपी कार्कीले किटानी जाहेरीका आधारमा करणी प्रयास गर्ने व्यक्तिको खोजी थालिएको बताए ।कार्कीले जबरजस्ती करणी उद्योग गरेको अभियोगमा आज मुद्दा दर्ता समेत भैसकेको जानकारी दिए । उनले घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको र घटनामा संलग्न भनिएका व्यक्ति फरार रहेकाले खोजी थालिएको बताए ।प्रहरीले दिएको जानकारी अनुसार बालिकाले स्थानीय १३ किलो भनिने नसरुद्धिन मंसुरीको नाममा किटानी जाहेरी दिएकी छिन् । जाहेरीमा मंसुरीले बालिकाको संवेदनशील अङ्ग स्पर्श गर्नुका साथै लगाएको लुगा खोलेको र बलात्कार प्रयास गरेको उल्लेख छ ।पीडित पक्षले दिएको जानकारी अनुसार बालिका करणीको प्रयास हुदै गर्दा होहल्ला गरेर उम्केकी थिइन् । त्यस पश्चात भेला भएका स्थानीयले १३ किलोमाथि कुटपिट समेत गरेको बताइएको छ ।कुटाई पश्चात उपचारकालागि बिराटनगर गएका उनी त्यसयता सम्पर्क विहिन रहेको पीडित पक्षको भनाई छ । उनीहरुले उक्त घटनामा संलग्न उपर कानुन बमोजिम कार्वाही हुनु पर्ने माग गरेका छन् ।


तपाईको प्रतिक्रिया