चौधरी ग्रुपले बिराटनगरमा प्रदेश १ को प्रादेशिक कार्यालय स्थापना गरेको छ । प्रदेश सांसद शेखर चन्द्र थापाले उक्त प्रादेशिक कार्यालयको उद्घाटन गर्नु भएको छ ।प्रादेशिक कार्यालय उद्घाटनको क्रममा चौधरी फाउण्डेसनका प्रदेश प्रमुख रामजी कटवाल सहित चौधरी ग्रुपका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रादेशिक कार्यालय संचालनको क्रममा चौधरी फाउण्डेसनले प्रदेश १ का दुई जिल्ला अस्पताल इलाम र भोजपुरलाई अक्सिजन कन्सन्ट्रेटर समेत उपलब्ध गराएको छ । फाउण्डेसनका प्रदेश प्रमुख कटवालले प्रदेश सांसद मार्फत सम्वन्धित अस्पताललाई उपलब्ध गराउने गरी १० लिटर क्षमताका दुई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको बताउनु भयो ।

कटवालले सामाजिक दायित्व अन्तर्गत महामारीको समयमा उपचारमा सहयोग पुर्याउने उद्येश्यसाथ स्वास्थ्य उपयोगी सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।कटवालले अक्सिजन आपूर्तिमा समस्या नआओस भन्ने उद्येश्यसाथ भोजपुर र इलाम जिल्ला अस्पतालाई ति सामाग्री सहयोग गरिएको बताउनु भयो ।चौधरी ग्रुप र चौधरी फाण्डेसनले देशभर रहेका सरकारी तथा सामूदायिक अस्पतालहरुको लागि आवश्यक्ता अनुसारको सहयोग उपलब्ध गराउँदै आएको छ । स्वास्थ्यका साथै फाउण्डेसनले देशभर शिक्षा र विपद् लक्षित सेवा तथा सहयोग उपलब्ध गराउँदै आएको प्रदेश प्रमुख कटवालले बताउनु भयो ।फाउण्डेसनले पछिल्लो कोरोना महामारीको समयमा विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर सहितका कोभिड उपचारमा सहयोगी स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउदै आएको छ ।


तपाईको प्रतिक्रिया