- अमर काफ्ले

नेपाल एसबिआई बैंक लिमिटेड इटहरी शाखाले जिल्ला स्थित सुरक्षा निकाय र प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । शाखा कार्यालय इटहरीका प्रबन्धक दुर्गा भट्टराई सहित बैंकका कर्मचारी सहितको टोलीले सदरमुकाम इनरुवा स्थित रहेका कार्यालय पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

एसबिआई बैंकले जिल्ला प्रशासन कार्यालय सुनसरी सहित जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीलाई कोरोना महामारीका समयमा आवश्यक स्वास्थ्य उपयोगी सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकका प्रबन्धक भट्टराईले माक्स, ग्लोब्स र सेनिटाइजर जस्ता व्यक्तिगत प्रयोगमा आउने स्वास्थ्य सामाग्री सम्वन्धित कार्यालय प्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो ।एसबिआईले प्रदान गरेको स्वास्थ्य सामाग्री प्रजिअ उमेश कुमार ढकाल, प्रहरी प्रमुख कमल थापा र सशस्त्र प्रहरी बल नं. ४ गणका गणपति माधव प्रसाद पौडेलले बुझ्नु भएको थियो ।

एसबिआई बैंक इटहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही अग्रपंक्तिमा खटिदै आएका सुरक्षाकर्मी र कर्मचारीको हकमा स्वास्थ्य उपयोगी सामाग्री सहयोग गरेको जनाएको छ ।

सामाजिक अगुवा रोहित निरौलाले सुरक्षाकर्मी र कर्मचारीकालागि बैंक मार्फत उक्त सहयोग जुटाएका हुन । निरौलाले महामारीका बिच व्यक्तिगत पहल र समन्वयमा सुरक्षाकर्मी लगायतको हकमा स्वास्थ्य सामाग्री जोहो गर्दै आएका छन् ।


तपाईको प्रतिक्रिया