- अमर काफ्ले

ललितपुरमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जिल्ला प्रहरी कार्यालय सुनसरीका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री इनरुवाका अगुवा समाजसेवी रोहित निरौलाले प्रहरीलाई हस्तान्तरण गरेका थिए ।

पञ्चशीलले प्रहरीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमा माक्स, फेस सिल, सेनिटाईजर र एरोफ्रेस रहेको छ । निरौलाले पञ्चशील सहकारीका कार्यकारी प्रमुख राजु खतिवडा र पञ्चशील परिवारले फ्रन्ट लाइनर सुरक्षाकर्मीका लागि सहयोग स्वरुप पठाएको स्वास्थ्य सामाग्री आफुले बुझेर जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको बताए ।

निरौलाले ति सामाग्री जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख कमल थापालाई हस्तान्तरण गरेका हुन् । निरौलाले पछिल्लो सहित महामारीको समयमा जिल्ला भित्र र बाहिर रहेका दाताहरुबाट व्यक्तिगत पहलमा निकै ठूलो परिमाणमा स्वास्थ्य सामाग्री जुटाइ फ्रन्टलाइनरहरुलाई बाँडेका छन् । निरौलाले आफुले जुटाएका त्यस्ता सामाग्री जिल्ला स्थित रहेका सुरक्षा निकाय र कर्मचारीहरुलाई वितरण गरेका छन् ।


तपाईको प्रतिक्रिया