- अमर काफ्ले

इनरुवा नगरपालिकाले आठौं नगर सभाका बिच आर्थिक वर्ष २०७८।०७९को बजेत नीति तथा कार्यक्रम पेश गरेको छ ।  नगर सभामा योजना तर्जुमा समितिको संयोजकको हैसियतले उप प्रमुख जमुना गौतम पोखरेलले बजेट नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । पेश गरिएको बजेट नीति तथा कार्यक्रमको विनियोजित अनुमानित रकम ६९ करोड ९५ लाख ५२ हजार ४ सय २० रुपैंया रहेको छ ।

जसमा संघीय सरकार वित्तिय समानिकरण १८ करोड ४४ लाख, राजश्व बाँडफाँड १० करोड २८ लाख ८९ हजार र ससर्त अनुदान २७ करोड ९४ लाख रहेको छ ।
त्यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण १ करोड ८ लाख ८९ हजार, सवारी साधनको करको बाँडफाँड (राजश्व बाँडफाड) ८६ लाख ३३ हजार ४ सय २० रुपैंया, समपुरक अनुदान १ करोड र ससर्त अनुदान ३३ लाख ४१ हजार रहेको छ ।यस्तै आन्तरिक श्रोत (मालपोत,लागत सहभागिता सहित) आ.व. २०७७।०७८ को ससर्त तर्फको निकासा फिर्ता कुल १० करोड अनुमानित रकम नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा समावेश छ ।

अब लागौं समावेश योजना तथा कार्यक्रम तर्फ :

 कोरोनाका कारण विदेशबाट फर्किएका युवा लक्षित स्वरोजगार मूलक प्रोत्साहन कार्यक्रम ।
 व्यवसायको प्रकृति हेरी इच्छुक युवाका लागि शून्य ब्याजदरमा ऋण दिइने ।
 लागत साझेदारीमा कृषकका लागि अनुदान कार्यक्रम ।
 शिक्षित बेरोजगारका लागि कृषि पेशामा आर्कषित गराउन बेग्लै कार्यक्रम ।
 बजार/मूख्य शहरी क्षेत्रको पूर्वाधार विकासमा जोड ।
 सन्तुलित बिकासको अवधारणा सहित नगर पूर्वाधार विकास कार्यक्रम ।
 नयाँ लघु उद्यमी सृजना तथा पुरानाको स्तरउन्नती । बीउ पूंजी कार्यक्रम ।
 सिकाई सहजिकरणको लागि सामुदायिक विद्यालय र सार्वजनिक स्थानमा वाइफाई जडान ।
 दलित,सिमान्तकृत,जनजाति तथा विपन्नलाई सामूदायिक विद्यालय तर्फ आधारभुत शिक्षा उत्तिण छात्रछात्रालाई साइकल वितरण ।
 उच्च शिक्षामा सहज पहुँचका लागि निरन्तर उच्च शिक्षा परियोजना संचालन ।
 भगवती मा.वि.मा कक्षा ११ र त्रिभुवन मा.वि.मा प्राविधिक कक्षा संचालन ।
 बालविकास केन्द्रको सुदृढिकरण केन्द्रित कार्यक्रम ।
 नगर भित्रको एक विद्यालय नमुना आधारभुत विद्यालयमा रुपान्तरण ।
 आ.व. २०७८।०७९को सम्पत्ति कर पौष महिना भित्र तिरेमा लाग्ने करमा १० प्रतिशत छुट ।
 नगरलाई प्रदेशको आर्थिक विकास केन्द्रको रुपमा विस्तार ।
 कोभिडका कारण मारमा परेका व्यापारीलाई व्यवसाय करमा १५ प्रतिशत छुट ।
 महिलाका नाममा दर्ता व्यवसायको हकमा भारी छुट ।
 कोरोना विरुद्धको खोप तथा रोकथाम तथा नियन्त्रणमा आवश्यक बजेट विनियोजन ।
 कोभिडका कारण मृत्यु भएका परिवारको जिविकोपार्जनकालागि ठोस प्याकेज ।
 इनरुवा ४ मा उपयुक्त स्थान खोजी १५ शैयाको अस्पताल निर्माण गरिने ।
 नगर भित्रका स्वास्थ्य संस्थाको हकमा क्षमता सुदृढिकरण कार्यक्रम ।
 मधेशा स्वास्थ्य चौकीको वर्थिङ सेन्टर थप व्यवस्थित गर्दैै लगिने ।
 चाँदबेला, बबिया र इनरुवा स्वास्थ्य चौकीमा ल्याब सहितको सेवा विस्तार ।
 सुरक्षित मातृत्व कार्यक्रम ।
 उत्कृष्ट समाजसेवी र अग्रज सम्मान तथा शालिक निर्माण ।
 नगरका विभिन्न स्थानमा ओपन जिमखाना निर्माण गरिने ।
 इनरुवा ४ थोक कृषि बजार प्रदेशको नमूना बनाइने ।
 पूर्वाधार विकास, रात्रिकालिन बजार, हरियाली शहर, पर्यटकीय गनतब्य, व्यवसायीकरण, तथा सुदृढिकरणमुखी योजना तथा कार्यक्रम संचालनमा ल्याइने ।
 प्रशासनिक र वडा समितिको कार्यालय भवन निर्माणमा जोड ।
 जातजाति तथा भाषा सस्कृतिको जर्गेना । कला साहित्यको उत्थान ।
 उचित पार्किङ र व्यवस्थित बजार निर्माण ।

नगर सभामा प्रस्तुत कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई सुदृढ पार्दै सहज स्वास्थ्योपचार, शैक्षिक गुणस्तर सुधार एवं प्रविधिमैत्री, नगरको आधारभुत पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन, प्रकोप न्यूनिकरण तथा वातावरण संरक्षण ,व्यवसायिक कृषि, पशुपालन तथा आयआर्जनका कृयाकलापको विस्तार, संस्थागत क्षमता अभिवृद्धि तथा जनशक्ति बिकास तथा सेवा प्रवाह र मापदण्ड अनुरुपको भौतिक पूर्वाधार विकास एवं नितिगत सुधारलाई बजेटका प्राथमिकतामा राखिएको छ ।

नगरसभामा बोल्दै नगर प्रमुख राजन मेहताले समृद्ध नगरको परिकल्पना अनुरुपको बजेट नीति तथा कार्यक्रममा समेटिएको बताउनु भयो । वहाँले सन्तुलित बिकासको अवधारणा अन्र्तगत रही नीति तथा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।सूचना अधिकृत निरज पोखरेलका अनुसार नगर सभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रम उपर छलफल पश्चात आवश्यक्ता अनुसारको बजेट सिलिङ तय हुनेछ ।साथै नगर सभाका बिच उत्कृष्ठ स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा उत्कृष्ठ स्वास्थ्यकर्मीका रुपमा कपलेश्वर साह, सन्तोष देव, निखिल पोखरेल र मिस्रीलाल मेहता सम्मानित भएका छन् । त्यसैगरी नगर भित्रका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समेत कार्यक्रमका बिच सम्मान गरिएको छ ।


तपाईको प्रतिक्रिया