कोरोना महामारीको दोस्रो लहरको क्रममा रकम जुटाएर राहत वितरण गरेको युवा समूहले बाकी बचेको रकम नगरवासीकै हितमा खर्च गर्ने भएको छ । डा.हरिवंश दुलाल र उत्तम राईले संचालनमा ल्याएको अभियान अन्र्तगत जुटेको रकम मध्ये राहत वितरण गरी बाकी बचेको पैसा प्राथमिकताका आधारमा नगरवासीको हितमा खर्चिने बताइएको छ ।

दुलालले बाकी रकम के र कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले स्थानीय अनुगमन टोली सहित अगुवाबाट प्राप्त राय र सुझावका आधारमा अघि बढिने बताए । रकम र विवरण सार्वजनिकको लागि सूचना उपलब्ध गराउने क्रममा दिइएको जानकारी अनुसार बाकी रहेको रकम इनरुवामा सुविधा सम्पन्न लाइबे्ररी संचालन, विद्यालयको शैक्षिक गुणस्तर सुधार वा अति विपन्नको हकमा आवास निर्माण जस्ता कार्य मध्ये कुनै एकमा खर्च गरिने छ ।राहत संकलन तथा वितरणमा जुटेको अभियान टोलीले १ हजार परिवारलाई राहत वितरण गर्ने सोच बनाएको भएपनि लकडाउन खुकुलो भई जनजिवन सहज उन्मूख बनेकाले सो कार्य तत्काललाई स्थगित गरिएको जनाएको छ । उसले आवश्यक्ता अनुरुपको प्याकेज कार्यक्रम भने छिट्टै अघि बढाइने जनाएको छ ।विदेशमा रहेर दुलाल र राईले चालेको अभियानमा इनरुवा घर भई रोजगारीका क्रममा विभिन्न देशमा रहेका व्यक्तिका साथै नगर भित्र र बाहिर रहेका अन्य सहयोगी दाता जोडिएर राहत वितरणको कार्यको लागि योगदान दिएका थिए ।राहत वितरण अभियानकर्ता मध्येका उत्तम राईबाट प्राप्त जानकारी अनुसार १ सय २७ जना दाताबाट आर्थिक र जिन्सी गरी १६ लाख २७ हजार ६ सय १५ रुपैया संकलन भएको थियो । जसमध्ये राहत वितरणको क्रममा विभिन्न शिर्षकमा गरी ९ लाख ६ हजार २२ रुपैंया खर्च भएको छ ।

राईका अनुसार अभियानको क्रममा जुटेको रकम मध्ये ७ लाख २१ हजार ५ सय ९२ रुपैंया मौज्दात रहेको छ । मौज्दात रकम समेत नगर भित्रै ठोस काम र उद्देश्यमा प्रयोगमा ल्याइने उनले बताए ।राहत घरदैलोमा पुर्याउने भूमिका निभाएको इनरुवा इभेन्ट म्यानेजमेन्टले दिएको जानकारी अनुसार अभियान अन्तर्गत इनरुवाका दशवटै वडामा गरी ६ सय ५ परिवारलाई राहत सामाग्री बाडिएको छ । राकेश निरौलाले अति विपन्न, असहाय, अशक्त लगायतको घरदैलोमा राहत पुर्याइएको बताए ।यसैबिच अभियानकर्ताहरुले स्थानीयको माग, सुझाव र आवश्यक्ताका आधारमा संचालनमा ल्याइने कार्यक्रमको लागि रकम अभाव भए त्यसकालागि समेत आफुहरु तयार रहेको बताएका छन् । अभियानकर्ताहरुले सामाजिक दायित्व अन्तर्गत रहि नगरवासीको हकमा समाजसेवामा जुट्दै आएको बताए ।


तपाईको प्रतिक्रिया