- अमर काफ्ले

सुनसरी। सप्तकोशी नदीको वहाव यस वर्षकै उच्च मापन भएको छ । पछिल्लो मापन अनुसार कोशी नदीमा पानीको वहाव २ लाख ३१ हजार ६ सय ५५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ ।नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भारतीय पक्षलाई बढी ढोका खोल्न आग्रह गरिएको बताउनु भएको छ ।

वहाँले तटिय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई अर्लट रहन भनिएको जानकारी दिनु भयो ।यता निरन्तरको वर्षाका कारण सुनसरीका अधिकाशं क्षेत्र जलमग्न भएका छन् । पानीको निकास अभाव र खोलानालामा बढेको पानीका कारण वस्तीहरु डुबानमा देखिएका छन् ।टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । धरानमा समेत सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला ओभर फ्लो भई सडकबाटै बगेको छ । सुनसरी खोलामा जलस्तर बढ्दा किनारका वस्ती जोखिममा परेका छन् । त्यसैगरी जिल्लाको दक्षिणी भेगमा मरिया खोलाको बाढी र वर्षाको पानीको उचित निकाश नहुँदा अधिकांश भेग डुबानको चपेटमा देखिएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।


तपाईको प्रतिक्रिया