- अमर काफ्ले

इनरुवा। सप्तकोशी नदीको वहाव घट्न थालेको छ । हिजो दिउँसो वर्षकै उच्च वहाव मापन भएको कोशीमा साँझबाट भने पानी घट्दो क्रममा छ ।आज विहानको मापन अनुसार कोशीमा पानीको वहाव घटेर १ लाख ६९ हजार ८ सय २५ क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । ब्यारेजका २५ ढोका खोलिएका छन् ।

कोशीको वहाव हिजो दिउँसो भने वर्षकै उच्च २ लाख ३१ हजार क्यूसेक प्रतिसेकेण्ड सम्म पुगेको थियो । नदीको वहावमा उचारचढाव जारी रहेकाले अनुगमन तथा निरीक्षणको काम भने जारी रहेको सुनसरी प्रशासनले जनाएको छ ।


तपाईको प्रतिक्रिया