- अमर काफ्ले

सप्तकोशी नदीको वहावमा वृद्धि भएको छ । आज विहानबाट निरन्तर बढ्दो क्रममा रहेको वहाव साँझ यस वर्षकै उच्च विन्दुमा मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव २ लाख ४३ हजार ५ सय १५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । वहाव बढेसँगै कोशी ब्यारेजका ३२ ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा वर्षा जारी रहेकाले नदीको जलस्तरमा वृद्धि भैरहेको अनुमान गरिएको छ ।

सप्तकोशी नदीमा असारको १९ गते यस वर्षको सबै भन्दा बढी वहाव मापन भएको थियो । त्यसबेला नदीको वहाव २ लाख ३१ हजार ६ सय ५५ क्यूसेक प्रतिसेकेण्ड रहेको थियो ।कोशीको वहावमा वृद्धि भएपनि सबै स्पर र तटबन्ध भने सुरक्षित रहेको सुनसरी प्रशासनले जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीको जलस्तरमा उतारचढावको क्रम जारी रहेतापनि खतरा भने नरहेको बताउनु भएको छ । वहाँले निरन्तर निगरानी जारी रहेको बताउनु भयो ।


तपाईको प्रतिक्रिया