२० माघ काठमाडौं । उमेर विवादमा तानिएका १९ वर्ष मुनीका नेपाली क्रिकेट टिमका कप्तान राजु रिजाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्लिन चिट दिएको छ ।

कप्तान रिजालको उमेर बढी भएको प्रमाण नभएको भन्दै आइसीसीले नेपालले बाँकी खेल उनकै कप्तानीमा खेल्न सक्ने स्पष्ट पारेको छ । बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए ।

त्यही खेलपछि २५ वर्षका मुम्बईका क्रिकेटर कौस्तुभ पावरले नेपाली कप्तान राजुलाई उमेर बढी भएको दाबी गरेका थिए । यसबारे आईसीसीले औपचारिक प्रतिक्रिया दिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि नै पेश गरेको राजुको डकुमेन्टमा उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको आईसीसीले जनाएको छ ।

राजु १५ वर्षभन्दा कम उमेर समूहमा मुम्बईबाट आफूसँग राजु शर्माको नामबाट खेलेको पावरले दाबी गरेका थिए । आईसीसीले भने नेपाल क्रिकेट संघ, कप्तान रिजाल र नेपाली टीम म्यानेजर सुदिप शर्मासँग कुरा गरेको बताएको छ ।आईसीसीलाई उपलब्ध गराइएको राजुको पासपोर्ट र जन्मदर्ता लगायतका कागज पत्रको पनि अध्ययन गरिएको आईसीसीले जनाएको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया