12108974_903925789662262_542051263137201219_n.jpgsss

२६ असोज इनरुवा
इनरुवामा रहेका सहकारी संस्थाहरुवीच अन्तर सहकारी संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कोशी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा इनरुवा क्षेत्रमा रहेका बचत तथा ऋण सहकारीको अवस्था र भूमिकाको विषयमा अन्तर सम्वाद भएको हो । कार्यक्रममा स्थानीय तेह्र सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
अन्तर सम्वाद कार्यक्रमो वर्तमान समयमा सहकारीको भुमिका र सहकारी विभागको निर्देषन एवं मापदण्ड लगायतका बारेमा छलफल भएको कोशी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रिजन तिम्सिनाले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष दामोदर कोइराला , कोशी बचतका अध्यक्ष उद्धव काफ्ले, कृष्ण दाहाल लगायतले आआफ्नो धारणा राखेको उपाध्यक्ष रमेश तिम्सिनाले बताए । सो कार्यक्रमका अवसरमा सहकारीका सेयर सदस्य महिला र जेष्ठ नागरिक महिलाहरुवीच विजया दशमीको शुभकामना आदानप्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया