congress-leader-rajendrap-yadav-shot-dead

२३ माघ जनकपुरधाम । धनुषामा गोली प्रहार गरी नेपाली कांग्रेसका एक जना क्षेत्रीय प्रतिनिधिको हत्या गरिएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गए राति आफ्नै गाउँमा आएको जन्ती हेर्न गएका बालाबाखर–४ बस्ने ४५ वर्षिय राजेन्द्रप्रसाद यादवलाई गोली प्रहार गरी हत्या गरिएको हो ।

आफ्नै गाउँमा रामशरण यादवकी छोरीको जन्ती आएमा सहभागी हुन गएको अवस्थामा निजलाई हत्या गरिएको हो । तीन राउन्ड गोली लागेको निजको घटना स्थलमा नै मृत्यु भएको हो । उनलाई छाति, पेट र गर्दनमा गोली लागेको छ ।

मृतक यादव नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता नकुल पोखरेलले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

त्यसैगरि अज्ञात समूहले चलाएको गोली लागि एक जना घाइते भएका छन् ।धनुषाको वीरेन्द्र बजारमा अज्ञात समूहले चलाएको गोली लागी एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार आज विहान करिब ९ बजे गणेशमान नगरपालिका, भतरपुर–९ बस्ने ४० वर्षिय नसिम मिंयालाई अज्ञात समूहले वीरेन्द्र बजारनजिक गोली प्रहार गरेको हो ।

दुई जनाको समूहमा आएका हतियारधारीहरुले गोली प्रहार गरेका थिए । पिठ्युँमा गोली लागेको मियाको उपचार जनकपुर अंचल अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि राजधानी रिफर गरिएको छ ।

मृतक यादव र घाइते मिया नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।यता नेपाली कांग्रेसले घटनाको भत्र्सना गरेको छ । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई नियोजित रुपमा हत्या गरेर लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया