२३ माघ काठमाडौं । नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि छाउनीमा भर्ना गरिएको छ ।
एउटा कार्यक्रममा सहभागी हुन सिन्धुली पुगेका उपराष्ट्रपतिलाई आकस्मिक रुपमा हेलिकप्टरमा काठमाडौ ल्याइएको हो ।
उनको यतिवेला सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।