Madheshi-morcha-350x175

काठमाडौं, असोज २६ । कपिलवस्तु ३ बाट प्रत्यक्ष निवार्चित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी मुख्यालय गए । अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिदैँ पत्र बुझाए । ठाकुर एकछिन त अकमक्क परे ।

किन राजीनामा दिनुभएको भनी सोध्नमात्रै लागेका थिए, गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठामा छिरेर डाँको छाँडे । अरु नेताहरुले सम्झाउने हिम्मतै गरेनन । तमलोपा उच्च स्रोतका अनुसार अरु केही सा‌ंसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् । गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सहअध्यक्ष रहेकी सरिता गिरीले पनि पार्टी छाडिन् ।साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया