narendra-modi

काठमाडौं, माघ २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रसका दिवंगत सभापति सुशिल कोइरालाको निधनमा संवेदना प्रकट गरेका छन् ।

आज बिहान ८ बजेर ७ मिनेटमा ट्विट गर्दै प्रधानमन्त्री मोदीले कोइरालाको निधनबाट भारतले महत्वपूर्ण साथी गुमाएको बताएका छन् । “हामीले महत्वपूर्ण साथी गुमाएका छौं ।” मोदीले ट्विटमा भनेका छन् । “नेपाली जनताले आफ्नो महान नेता गुमाएकोमा हार्दिक सम्वेदना व्यक्त गर्दछु ।”

मोदीले कोइरालाको सादगीपूर्ण जीवनबाट सबैले पाठ सिक्नुपर्ने समेत बताएका छन् । “कोइरालाको सादगीपूर्ण जीवन हामी सबैका लागि पाठ हो । दुखकाे यो घडीमा कोइराला परिवार र नेपाली जनतामा धैर्यधारणका लागि समवेदना व्यक्त गर्दछु ।” दोश्रो ट्विटमार्फत उनले भनेका छन् ।

modi1 tweet

तपाईको प्रतिक्रिया