Late-Sushil-Koirala

२७ माघ  काठमाडौं। दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिमा विद्युतिय मेसिनको प्रयोग नगरिने भएको छ ।

पार्टीले विद्युतिय मेसिनमा दाहासंस्कार गराउने सोच बनाएको भएपनि परिवारजनले मेसिनको साटो दाउरा रोजे पछि कोइरालाको दाहसंस्कार दाउराबाटै गरिने भएको हो ।परिवारजननै दाउराको पक्षमा भएपछि पार्टीले दबाव दिन नमिल्ने भएकाले कोइरालाको दाहसंस्कार दाउराबाटै गरिने भएको कांग्रेस नेताले जानकारी दिए ।

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिने छ।कोइरालाको पार्थिव शरीरलाई उनका  भतिजा अतुल कोइरालाले दागबत्ती दिनेछन्।

कोइरालाको पार्थिव शरीरको अन्त्येष्टिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट दिउँसो २ बजेपछि सुरु हुनेछ।कोइरालाको पार्थिव शरीरको अन्त्येष्टि यात्रा जमल, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुर्याइने छ ।

तपाईको प्रतिक्रिया