tel-ko-line-675x450काठमाडौं, २७ आश्विन । निजी सवारीसाधनले दशैंसम्म पेट्रोल पाउने छैनन् । नेपाल आयल निगमले निजी सवारी साधनलाई दसैंअघि पेट्रोलियम पदार्थ दिन नसक्ने बताएको छ ।

निगमले दसैंका लागि भनेर उपत्यकामा मंगलबार मोटरसाइकललाई ५ लिटर, निजी सवारी साधन कार तथा जीपलाई १५ लिटरको दरले पेट्रोलियम पदार्थ वितरण गर्ने बताएको थियो । तर निगमसँग उपलब्ध पेट्रोलियम पदार्थको क्षमताले माग धान्न नसकेपछि अधिकांश निजी सवारीसाधन खाली नै फर्किएका थिए ।

मंगलबार ६ लाख लिटर पेट्रोल वाग्मती अञ्चलमा वितरण गरेको निगमले जनाएको छ । तर अधिकांश लाइनमा बसे पनि तेल पाएका थिएनन् ।

निगमका प्रवक्ता दीपक बरालले तेल पाइने आशामा पम्पमा लाइन नबस्न आग्रह गरे । ‘हिजो जति वितरण भयो, त्यति नै हाम्रो क्षमता हो ।
अब अरु निजी सवारीलाई तत्काल तेल दिन सक्ने अवस्था छैन’ बरालले भने मंगलबार निगम ६ लाख लिटर पेट्रोल र झण्डै २ लाख लिटर डिजेल निजी सवारीका लागि पठाएको थियो ।

तर, झण्डै २० लाख लिटर बाँड्दा पनि नपुग्ने गरी निजी सवारी लाइनमा देखिएको निगमले जनाएको छ । लाइन बसेका झण्डै एक तिहाइ सवारीलाई तेल दिन नसकिएको निगमले जानकारी दिएको छ ।आयल निगमले अब सार्वजनिक र अत्यावश्यक सेवाको सवारीलाई मात्र तेल दिने सकिने बताएको छ ।साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया