accident-kharta-130x106

२७ असोज इनरुवा
सुनसरीमा दुई एम्बुलेन्स आपसमा ठोकिँदा एम्बुलेन्समा सवार विरामीको मृत्यु भएको छ । भलुवा ३ मा स १ च ५०१ र स १ च ८७३ नम्बरको एमबुलेन्स आपसमा जुध्दा एम्बुलेन्समा सवार विरामी सिरहाका वर्ष ५६ का हलखोरिया यादवको मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीको भाषिमा को ४ प ५२१८ नम्वरको मोटरसाइकलको ठक्करले साइकल यात्री बक्लौरी २ का ५२ वर्षिय रेशमलाल चौधरी घाइते भएका छन् । मोटरसाइकल चालक जल्पापुरका मोहन सरदार समेत सामान्य घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया