archana-paneruu

९ फागुन काठमाडौं । कुरा बुझेर वा नबुझेर ‘पोर्नस्टार बन्छु’ भन्दै अश्लील तस्बिर र नांगो भिडियोहरु भकाभक सार्वजनिक गरिरहेकी युवती अर्चना पनेरुलाई अहिले सुटिङमा भ्याइ नभ्याई भएको छ । तर, पोर्न भिडियोहरुमा भने हैन ।

उनी अहिले लोकदोहोरीकी चर्चित र चल्तीकी मोडल बनिसकेकी छिन् । अर्चनाको पछिल्लो भिडियो ‘ऐँचोपैँचो’ रिलिज हुने वित्तीकै चचामा आएको छ भने उनलाई हेरेर वाह अर्चना यस्तै काम गर भन्नेहरुको पनि भिड लागेको छ ।

उनी रहेको लोकगीतको म्युजिक भिडियो सुटिङका ‘सुटिङ रिपोर्ट’ समेत बन्न थालेका छन् ।

यसबाट मोडलिङमा अर्चनालाई रातो कार्पेटमा हिड्न थालेको र रातो कार्पेटमा स्वागत भएको भन्नेहरु पनि देखिन थालेका छन् । सामाजिक सञ्जालहरुमा पनि उनको समर्थन र चर्चा परिचर्चा हुन थालेको छ ।

‘सनी लियोनलाई बलिउडमा एडजस्ट हुन जति गाह्रो भयो होला, अर्चना पनेरुलाइै लोकदोहोरी गीतमा भित्राउन त्यति नै सहज भयो।’ एक सामाजिक सञ्चालकले यस्तो लेखेका छन् ।

अर्चना जोडिएका हरेक कुरामा चासो हुन थालेपछि लोकदोहोरीमा उनलाई रातो कार्पेट बिछ्याउन थालीएको हो भने उनको रफ्तार पनि बढेको छ भने उनलाई भिडियोमा देखाउँदा दर्शकहरुको संख्या पनि बढ्ने गरको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया