nabina-lama
९ फागुण काठमाडौं। नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रतिद्धन्द्धी दिपक गौतमलाई पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिष्पर्धी गौतमले मत ६ सय ४९ पाएका छन् । अखिलको इतिहासमा लामा दोस्रो महिला अध्यक्ष हुन्। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री अखिलको पहिलो महिला अध्यक्ष हुन्। लामा २० बर्षदेखी निरन्तर अखिलको राजनीतिमा क्रियाशिल छिन।
यसैगरी उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भएका छन्। महासचिवमा ऐनबहादुर महर विजयी भएका छन्। उनीहरु सबै पार्टी अध्यक्ष केपी शर्मा ओली अर्थात संस्थापन पक्ष निकट हुन। यसअघी संस्थापन पक्षको उमेद्वार फाइलन गर्ने क्रममा महरले लामालाई समर्थन गरेपछि यो प्यानलले जित्ने अनुमान गरिएको थियो। अनेरास्ववियुको २२ औं महाधिवेशनमा १५ सय ९७ जना कुल मतदाता थिए । यी मध्ये ७८ मत खसेको थिएन।

 

तपाईको प्रतिक्रिया