transformer१० फागुण, झापा। (फाइल फोटो) उच्च विद्युत् प्रवाह भएर ट्रान्सफर्मर पड्कँदा गएराति झापामा दुईवटा घरमा एकैपटक आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार भद्रपुर नगरपालिका–६ स्थित महेन्द्र चौधरी र वृजकिशोर यादवका घरसहित पाँचवटा छाप्रा जलेको बताइएको छ ।

आगलागीबाट चार लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी भीम दाहालले जानकारी दिए । आगलागी भद्रपुर नगरपालिकाको वारुणयन्त्रसहित स्थानीयवासी र प्रहरीको नियन्त्रणमा लिइएको थियो ।

हुक लगाएर मोटरबाट पानी तान्नका लागि विद्युत् चुहावट गरेपछि ट्रान्सफर्मरमा भार बढी भएर ट्रान्सफर्मर पड्किएको हुनसक्ने नेपाल विद्युत् प्राधिकरण भद्रपुरले जनाएको छ ।काठमाडौटुडेबाट

तपाईको प्रतिक्रिया