pm-oli

११ फागुन, भारत । भारतको राजकीय भ्रमण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताएका छन् ।

भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो ।

भुजका स्थानीयवासिन्दा र सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताका साथ मिलेर काम गरेमा पनि निर्माण सम्पन्न गर्न सकिदो रहेछ भन्ने उदाहरण यहाँ देखिएको बताए । उनले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया