फागुन ११, ताप्लेजुङ । अनियन्त्रित भीड नियन्त्रण गर्न खोज्दा ताप्लेजुङको खोक्लिङमा प्रहरीका एक असई घाईते भएका छन् । प्रहरीले भीड नियन्त्रणमा लागि हवाई फायर समेत गरेको छ ।

भीड नियन्त्रण गर्न खोज्दा स्थानीयको आक्रमणमा परी अस्थायी प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाईते भएका छन् । उनको टाउकोमा गंभिर चोट लागेको छ ।

स्थानीय सन्तोष थापाका अनुसार गंभिर अवस्थामा रहेका असई श्रेष्ठको टाउकोमा दश टाँका मारिएको छ । घाईते श्रेष्ठको हाल ईलाका स्वास्थ्य चौकी खोक्लिङमा प्रारम्भिक उपचार पछि जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको थापाले जानकारी दिए ।

थापाका अनुसार प्रहरीले भीड नियन्त्रण गर्न १ राउण्डल हवाई फायर समेत गरेको थियो । मोती उच्च मावि बिद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका स्थानीय युवराज थापासँग स्थानीय एक महिलाको यौन दुरव्यवहारको प्रसंग जोडिएर भएको भनाभन अनियन्त्रित हुुदाँ घटना हिंसात्मक भएको खोक्लिङमा रहेका थापाले जानकारी दिए ।

बिद्यालय व्यवस्थापन समितिको बैठकमा बिद्यालयका स्टाफ–स्टाफ बीच बिवाद हुदै थियो, एक हुल महिलाको समुह आएर बिव्यस सदस्य थापा माथि आक्रमणको प्रयास गरे थापाले भने प्रहरीले थापा माथि गरिन लागेको आक्रमण बचाउन खोज्दा यो घटना भएको हो । हुुलमुलका बीचमा प्रहरी माथि आक्रमण भएकोले कसबाट भयो भन्ने थाहा पाउन नसकेको उनले बताएका छन् ।

यसै विच घटनामा संलग्न बाह्र जना महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । घटना स्थलमा थप प्रहरी परीचालन गरीएको र अहिले स्थिति नियन्त्रणमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले बताउनुभयो ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया