oliandmodi१२ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको अन्तिम दिन तितो हुने संकेत देखिएको छ ।नेपालको संविधानलाई भारतले स्पष्ट रुपमा स्वागत भन्ने शब्द राख्न नमानेपछि ओलीको भारत भ्रमणको अन्तिम दिन संयुक्त विज्ञप्ती जारी गर्नेबारेमा अन्यौलता बढेको हो ।

नेपालले संयुक्त वक्तव्यको भाषामा नेपालको संविधानको स्वागत भन्ने शब्द राख्न खोजेपनि भारतीय पक्षले त्यसमा असहमति राखेको थियो ।

संयुक्त विज्ञप्तीका लागि नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका भारतीय कक्ष प्रमुख सहसचिव प्रकाश सुवेदी र भारतका तर्फबाट विदेश मन्त्रालयको नेपाल डेस्क सहसचिव अभय ठाकुरबीच मुम्बईको हायत होटलमा संयुक्त वैठक बसेको हो ।

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बुधबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ । नेपाल फर्किनुअघि ओलीले मुम्बईमा रहेका व्यवसायी तथा बलिउड कलाकारहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया