Murtaza-Ahmadi

१३ फागुण।अर्जेन्टिनी फुटबलर लियोनल मेसीको ‘होममेड’ जर्सी लगाएर विश्वव्यापी चर्चामा आएका अफगानी बालकले मेसीबाटै साँच्चकै जर्सी प्राप्त गरेका छन् ।पोलिथन ब्यागमा मेसीको नाम लेखेर जर्सी बनाएका उनको तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो ।

अफगानिस्तानका ५ वर्षीय बालक मुर्तजा अहमादीलाई मेसीको हस्ताक्षर सहितको टिशर्ट र फुटबल उपलब्ध गराइएको हो ।मेसीको व्यवस्थापनले यसको पुष्टि गरेको छ ।

Murtaza-Ahmadi-1

मुर्तजालाई सुरुमा इराकी बालक भनेर प्रचारित गरिएको थियो । उनको तस्वीर प्रकाशित भएपछि मेसीले खोजी गर्दा उनी अष्ट्रेलियामा बस्ने अफगानी बालक भएको पत्ता लागेको हो । ‘म मेसीलाई माया गर्छु र मेरो टिसर्टमा लेखिएको छ कि मेसीले मलाई माया गर्छन्’ मुर्तजाले बीबीसीलाई भने ।उनले मेसीले गोल गर्दाको शैलीमा फोटोग्राफरलाई पोज पनि दिएका छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया