CIMG9910२८ असोज इनरुवा
सुनसरीमा मानव बेचविखन ओसारपसार सम्वन्धी दुई वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ ।
महिला तथा बालबालिका कार्यालयको आयोजनामा सरोकारवालाहरुकावीच रणनीतिक योजना सार्वजनिक गरिएको हो ।
जिल्ला मानव वेचविखन कार्य समितिका साथै सरोकारवालाहरुको उपस्थितीकावीच दुई वर्षे रणनीतिक योजना जारी गरिएको हो ।
कोकन्, महिला विकास कार्यालय, मानवअधिकारकर्मी,संचारकर्मी, सम्वन्धित कार्यालयका प्रतिनीति सहित सरोकारवाला सम्मिलत समितिले तयार पारेको मानव बेचविखन तथा ओसार पसार सम्वन्धि दुई वर्षे रणनीतिक योजनाका बारेमा सरोकारवालावीच छलफल चलाइएको थियो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
रणनीतिक योजनामा मानव वेचविखन तथा ओसारपसार सम्वन्धित जनचेतना जगाउने, कानुनी कार्वाही लगायतलाई मजबुत बनाइने जस्ता कुरालाई जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया