nepali-football-team

१४ फागुन, बिराटनगर। हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ ।

विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी, विराट गोल्डकप टुर्नामेन्ट आयोजक समितिले खेलाडीहरुको प्रोत्साहनका लागि एन्फालाई रु दुई लाखप्रदान गरेको छ । समितिकै अनुरोधमा विराटनगर उपमहानगरपालिकाले रु एक लाख एक हजार प्रदान गरेको छ ।

यस्तै, उद्योग सङ्गठन मोरङले रु २५ हजार, एमाले मोरङले रु २५ हजार, नेपाली काँग्रेस मोरङले रु २० हजार, मोरङ व्यापार सङ्घले रु ५१ हजार रकम एन्फालाई प्रदान गरेका छन् । मोफसलमा खेलाडीलाई यति ठूलो रकम प्रदान भएको यो पहिलो पटक हो ।

 

तपाईको प्रतिक्रिया