dharma pariwartan

राकेश यादव, रौतहट, १४ फागुन । रौतहट जिल्लाको सदरमुकाम गौरमा बलजवरदस्ती धर्म परिवर्तन गराउने एक महिलाहरूको समुह प्रवेश गरेका छन् । करिव ५ जनाको संख्यामा रहेको समुहमा ४ जना तरूणी युवती रहेका छन् भने एक जना विवाहिता महिला छिन् ।

गौर बजारमा घर भाडा लिएर बसेकी ति समुहले घर घरमा गई सानो बालबालिका, महिला, युवतीहरूलाई धर्म परिवर्तन गर्न उक्साइरहेका छन् । तिनीहरू ठुलो रकम ,हिरा ज्वारात ,सुन चाँदी ,महँगो लुगा कपडा दिने प्रलोभन दिई कृषचन धर्मको प्रचार प्रसार गर्न लगाउने कोशिश गरिरहेको बुझिएको छ । गत एक हप्ता भन्दा वढी दिन देखि गौरको विभिन्न ठाउको साथै जिल्लाका ग्रामिण भेगका गा वि स हरूमा प्रवेश गरि धर्म परिवर्तन गर्नको लागि दवाव दिने गरेको समाचार स्रोतले जनाएको छ ।

स्थानीय प्रहरी प्रसाशन यस तर्फमा निष्क्रिय देखिएको छ । विदेशको लगानीमा नेपालमा धर्म परिवर्तन गराउन सकिने पहिला नै कति पटक सार्वजनिक भए तापनि नेपाल सरकारले समयमा ध्यान दिएको छैन। गोप्य रूपमा भेटघाट गर्ने ति युवतीहरू युवाहरूलाई बढी लक्षित गरिरहेको छ । अध्यन्न गर्ने युवक ,युवतीको साथै आर्थिक अवस्था कमजोर भएको वर्ग जति समुदाय ठाउमा गएर मौकाको फाइदा उठाउने गरेको हो ।

युवाहरूलाई आकर्षित गर्न सकिने पोशाक लगाएर बेग्ला बेग्लै हिड्ने ति युवतीहरूलाइ स्थानीय प्रसाशनले नियन्त्रण गर्न सकेन भने ठुलो दुर्घटना हुने सम्भावना रहेको बुद्धिजीवीहरूको भनाइ रहेका छन् । बाइबल पढ्न र सो अनुसार गर्न शिक्षा दिक्षा दिने गरेको स्रोतले जनाएको छ । यस सम्वन्धमा केहि जानकारी नभएको जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले बताएका छन् ।मधेशवाणिबाट

तपाईको प्रतिक्रिया