kastamandap-air

१४ फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न प्रसतबन्ध लगाउका छन् ।

काष्टमण्डप एयरको सिंगल इन्जिन भएको जहाज कालिकोटमा दुर्घटनामा परेपछि मन्त्री पोखरेलले यस्ता जहाजलाई यात्रु नबोक्न निर्देशन दिएका हुन् ।उनले प्राविधिक रिपोर्ट नआएसम्म सिंगल इन्जिन जहाजलाई यात्रु नबोक्न निर्देशन दिएको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै आन्तरिक कार्गो ढुवानी गर्ने सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न रोक लगाए पनि कार्यान्वयन भएको थिएन ।सीता र एयर काष्ठमण्डपलाई कार्गो मात्रै बोक्न भनिए पनि कार्यान्वयन भएको थिएन ।

 

तपाईको प्रतिक्रिया