khali5

१४ फागुण, एजेन्सी । भारतमा आयोजित रेशललिङका क्रममा भारतका चर्चित रेशलर ग्रेट खली घाइते हुन पुगेका छन् । खलीमाथि दुई रेशलरले कडा प्रहार गरेर उनको टाउकोबाट रगत बग्यो ।

त्यसलगत्तै दर्शकहरुलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । उनलाई तत्कालै बृजलाल अस्पतालमा भर्ना गराइएको छ ।

उत्तराखण्डको हल्द्वानीस्थित गौलापार स्टेडियममा डब्ल्युडब्ल्युईको मेगा शो बुधबारबाट सुरु भएको हो । मेगा शोको तेस्रो भिडन्तमा भारतका हरमन सिंहले मेक्सिकोका हर्नाण्डेजसँग प्रतिस्पर्धा गरेका थिए ।

यस भिडन्तमा हरमन विजयी भएर खुसीयाली मनाईरहेका बेला उनका साथी अमेरिकाका माइक नोक्स र क्यानडाका ब्राडी स्टील रिंगमा पसेर उनीमाथि कुटपीट गरे ।

khali9 khali

उनलाई पिटेपछि ब्राडी स्टीलले माइक हातमा लिएर खलीलाई चुनौती दिए, ‘म आएको छु, कहाँ छन् खली । हिम्मत भए म सँग लड्न आउ ।’ खलीसँग भिड्नका लागि माइक नोक्स, ब्राडी स्टिल र अपोाले मैदानमा उत्रिए ।

यसैबीचमा ब्राडीले कुर्सी ल्याएर खलीमाथि प्रहार गरे । त्यसपछि खलीले पनि कुर्सी खोसेर उनीहरुमाथि प्रहार गरेका थिए । तर रेफ्री ब्रायन किंगले खलीलाई निकालिएपछि उनले विरोध गरेका थिए ।

खली रेफ्रीसँग कुरा गरिरहेका बेला ब्राडी स्टिल, माइक नोक्स र अपोलोले कुर्सी र मुक्काले टाउको, शरीर, गर्दन र ढाडमा प्रहार गरे । यसलगत्तै खलीको एकेडेमीका रेशलर गएपनि उनी घाइते भइसकेका थिए ।

उनलाई रिङबाट ग्रीन रुपमा लगेर प्राथमिक उपचारपछि बृजलाल अस्पताल भर्ना गरिएको हो । यस खेलमा रेफ्रीले कुनै निर्णय गरेका छैनन । यसको फाइनल २८ फेब्रुअरीमा देहरादुनमा हुनेछ ।

khali2

तपाईको प्रतिक्रिया