flful bitrn
इनरुवा फागुन १५/ स्वास्थ्य सेवा दिवशको अवसरमा इनरुवा अस्पताल सुनसरीमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । सुनसरीका प्रमुख जिल्लाअधिकारी रविलाल पन्थले विरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिुनका साथै उनिहरुलाई फलफुल वितरण गर्नु भएको थियो ।
जिल्ला जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दाताराम पोखरेल, सुनसरीका प्रहरी प्रमुख पोषरोज पोखरेल लगायतकाले विरामीहरुलाई भेटी फलफुल वितरण गरेका थिए ।
चौथो स्वास्थ्य सेवा दिवस मनाइरहँदा जिल्ला स्वास्थ्य कार्यालयले सुनसरीले विरामीहरुको उपचारमा हेलचेकर्याई नगरी लगनशील भएर कार्यसम्पादन गर्न स्वास्थ्यकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी पन्थले निर्देशन समेत दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया