karishma_Sanjayएजेन्सी–केही बर्षअगाडिदेखि सम्बन्ध विच्छेदका लागि निवदेन दिएका अभिनेत्री करिश्मा कपूर र उनका पति संजय कपूरले एक–अर्कामा आरोप–प्रत्यारोप थोपर्ने काम जारी नै राखेको छन् । एक पटक करिश्माले संजयले आफूले कबुल गरेको जति सम्पति नदिएको भन्दै सम्बन्ध–विच्छेदको मुद्दा नै फिर्ता लिएको हल्ला चलेको थियो ।

पछिल्लो समय संजय कपूरले करिश्माले आफूसँग खाली पैसाको लागि विवाह गरेको आरोप लगाएका थिए । सञ्चार माध्यमहरुमा बताइए अनुसार संजय र करिश्माको सम्बन्ध बिच्छेदको मुद्दाले अर्को मोड लिएको छ । यद्यपी, सम्बन्ध बिच्छेदको कारणलाई लिएर करिश्माले केही बोलेकी थिइनन् । तर, अहिले आएर करिश्माले संजय र उनको आमा माथि यस्तो आरोप लगाएकी छिन्, जसले करिश्माको तर्फबाट सम्बन्ध बिच्छेद हुन तयार छ ।

करिश्माले मुम्बईमा खार प्रहरी थानामा कानुनको धारा–४९८लाई टेकेर संजय कपूरविरुद्ध दाइजो पिडितको भएको निवेदन पेश गरेकी छिन् । यतिमात्र होइन, करिश्माले आरोप पत्रमा मानसिक उत्पिडनको कुरा पनि उल्लेख गरेको बताइन्छ । करिश्माले पति संजय र उनकी आमाले निकै मानसिक पिडा दिएको बताएकी छिन् । करिश्माको यस आरोपपछि सम्बन्ध विच्छेदको मुद्दाले कुन मोड लिने हो समयले बताउँनेछ । तर, यस आरोपले संजय र उनकी आमालाई भने निकै चिन्तित बनाउँने अनुमान लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया