football

१५ फागुन बिराटनगर । विराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । मोरङस्थित विराटनगरको सहिद रंगशालामा शनिबार भएको फाइनलमा साविक विजेता झापा ११ लाई १–० ले हराउँदै पुलिसले गोल्डकपको उपाधि चुमेको हो ।

खेलको अन्तिम समय ८७ औं मिनेटमा पुलिसका भरत शाहले गरेको गोल नै निर्णायक भयो । जीतसँगै पुलिस क्लवले ५ लाख १ हजार रुपैयाँ पायो भने उपविजेता झापा ११ ले ३ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।अघिल्लो वर्ष भने नेपाल आर्मीलाई हराउँदै झापाले उपाधि हात पारेको थियो ।

 

तपाईको प्रतिक्रिया