12784355_154000028319365_392492363_n
इनरुवा १६ फागुन/ मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण तथा क्षतिकारक वन्यजन्तु व्यवस्थापन सम्वन्धमा इनरुवामा पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय विराटनगरले आज इनरुवामा मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणबारे अन्तरकृयाको आयोजना गरेको छ ।
दुई दिन सम्म चल्ने छलफलमा कोशी टप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ति क्षेत्रका साथै झापामा हात्ति आतंक न्यूनिकरणका सवालमा चालिएका कदम तथा कानुनी व्यवस्था लगायतका बारेमा चर्चा गरिने छ ।
कार्यक्रममा क्षेत्रीय निर्देशक मनबहादुर खड्का, तालिम अधिकृत पूर्णेश्वर सुवेदीले सहजिकरण गरेका थिए ।
सुनसरीका सवालमा अर्ना र जंगली हात्तिबाट मानवमा पुगेको क्षति, राहत वितरणको अवस्था लगायतका विषयमा मध्यवर्ति क्षेत्रका जानकारहरुबाट राय संकलन गरी आगामी रणनीति तय गरिने आयोजकको भनाई छ । कार्यक्रममा वन क्षेत्रका जानकार तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया