Amber_Gurung१७ फागुन, काठमाण्डु। गत महिनादेखि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ ।जीवनका ७८औँ वसन्त पार गरिसकेका गुरुङको गत महिनादेखि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित थिए ।

गुरुङको उपचार खर्चका लागि करिब २० लाख रुपैयाँ जति लाग्ने अनुमान गरिएको नयाँ दिल्लीमा रहेका सङ्गीतकार मणिकमल क्षेत्रीलाई उद्धृत गर्दै गायिका कोमल ओलीले बताए ।

रािष्ट्रयगानका सङ्गीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । तर उपचारका लागि अहिलेसम्म सरकारीस्तरबाट कुनै पहल नगरिएको गायिका ओलीले गुनासो पोखे।

राष्ट्रको एउटा धरोहरको उपचारमा सरकारले चाँडै चासो देखाउने आशा व्यक्त गर्दै उनले भने, ‘आजकै मन्त्रिपरिषद्को बैठकले यसबारे केही निर्णय गर्ने आशा छ ।’नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।

 

तपाईको प्रतिक्रिया