काठमाण्डाै, १८ फागुन । कांग्रेसका केन्द्रीय सदस्य तथा बीपीपुत्र शशांक कोइरालाले कांग्रेसले विगत १० वर्षदेखि अँगाल्दै आएको र नयाँ संविधानले संस्थागत गरेको गणतन्त्र, धर्मनिरपेक्षता र र संघीयतामाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

कांग्रेसले १३ औ महाधिवेसनको पुर्वसन्ध्यामा शशांकले सार्वजनिक रुपमा उ ठाएका यी मा गहरुले पार्टीभित्र बृहत् छलफल र तीव्र धु्रवीकरणको सम्भावना बढाएको छ ।

सोमबार बेलुका बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रियता ब चाउन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुनः छलफल गर्न तयार हुनुपर्ने जिकिर गरे । अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ ।

 

तपाईको प्रतिक्रिया