sunsari१८ फागुण, इनरुवा / जिल्ला विकास समिति सुनसरीको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
जिविस सुनसरीले सरोकारवालाहरुको उपस्थितीकावीच आगामी आर्थिक वर्ष २०७३।०७४ मा संचालन हुने विकासे कार्यक्रमहरु बारे योजना तर्जुमा गरेको हो ।
एकिकृत योजना तथा समितिको वैठक डाकी जिविस सुनसरीले आगामी आ.वमा जिल्लाभर संचालनको तयारीका लागि इकाला स्तरतबाट छनौटमा परेका आएका योजनाबारे जानकारी गराएको हो ।
चालु आर्थिक वर्षमा संचालनमा रहेका योजनाहरुको आवश्यक्ता अनुरुपको निरन्तरता साथै इलाकाबाट छनौटमा परी आएका योजनाहरुको प्राथमिकताका आधारमा विकासे योजना संचालनमा ल्याउने बारे योजना तर्जुमा गोष्ठीमा छलफल गरिएको छ ।
स्थानीय राजनैतिक दलका साथै सरोकारवालाहरुको उपस्थितीकावीच वार्षिक जिल्ला विकास योजना तर्जुमाको उद्येश्यसाथ एकिकृत योजना तर्जुमा गोष्ठी आयोजना गरिएको जिविस सुनसरीले जनाएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले इलाकाबाट आएका योजनाहरु प्राथमिकताका आधारमा संचालनमा ल्याइने बताए । जिविसले समग्र जिल्लाको विकास केन्द्रित योजना अघि बढाउने भएपनि हालसालै नपा घोषित भएका क्षेत्रहरुमा विकासको क्रमलाई प्राथमिकताका साथ अघि बढाउने वाग्लेले बताए । जिविसले सडक मर्मत, कालोपत्रे, पुल, कल्भर्ट निर्माण लगायतका सुनसरीवासीको प्राथमिकताका आधारमा परेको विकासे योजनाहरुलाई अघि बढाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया