
नेपाल बार एसोसिएसनमा अध्यक्ष रहँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका कार्की सत्तारुढ नेकपा एमालेसँग निकट अधिवक्ता हुन् । मल्ल पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिकतर्फ सभासद थिइन् । न्यायाधीशमा सिफारिस अर्का अधिवक्ता राउत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसनजिकका हुन् ।
न्यायपरिषदले सर्वोच्चमा न्यायाधीश छान्दा यसपटक मुख्य न्यायाधीशहरुको वरिष्ठताक्रम तोडेको छ । वरिष्ठताक्रममा पहिलो नम्बरमा रहेका दीपककुमार कार्की सिफारिसमा परेका छन् भने दोस्रो नम्बरका तेजबहादुर केसीलाई छाडिएको छ ।११, १२ र १३ नम्बरमा रहेका विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छनोटमा पर्दा चौथो वरिष्ठताका पुरुषोत्तम भण्डारी, पाँच नम्बरका शम्भुबहादुर खड्का, सात नम्बरका पोषनाथ शर्मा, नौ नम्बरका बमकुमार श्रेष्ठ र दस नम्बरका डम्बरबहादुर शाहीलाई छाडिएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।