narahari_acharya१९ फागुन, काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उच्च रक्तचापबाट मस्तिष्कघात भएर बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत नेता आचार्यकोे स्वास्थ्यमा क्रमिकरुपमा सुधार आइ सामान्य कुराकानी गर्न र खाना खान सक्ने भएको उनका सहयोगी रामचन्द्र घिमिरेले जानकारी दिए ।
दाहिने खुट्टा र हातमा समस्या देखिएकाले आचार्यले नियमित फिजियोथेरापी पनि गरिरहेका छन । ‘दुई दिनको मात्र औषधिको मात्रा सेवन गर्न बाँकी रहेको छ । अब उहाँलाई फिजियोथेरापीको मात्र आवश्यकता छ । अझ केही दिन अस्पतालमै बस्नुपर्ने छ’ घिमिरेले भने ।
नेता आचार्यले महाधिवेशनमा भाग लिन नसके पनि देशभरबाट उनको पदीय उम्मेदवारीको कुरा आइरहेको बताउँदै घिमिरेले यस विषयमा अझै टुङ्गो लागि नसकेको जानकारी दिए । २६ माघमा निधन भएका कांग्रेस सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन महाराजगंज पुगेका नेता आचार्य अप्ठेरो भयो भन्दै बेहोस भएका थिए ।

तपाईको प्रतिक्रिया