इनरुवा बजार बन्द

inaruwa band1
अमर काफ्ले फागुन २० इनरुवा/ शान्ति सुरक्षा फितलो भएको भन्दै इनरुवाका व्यापारीहरु सडकमा उत्रिएका छन् ।
पछिल्ला केहि सातायता सदरमुकाम इनरुवा सहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरी प्रशासनको सुरक्षा रणनीति फिलतो भएको भन्दै व्यापारीहरु आन्दोलित बनेका हुन् ।

12784599_1017376268310300_61853983_n
इनरुवा क्षेत्रमा एकसाता यता मोटरसाइकल देखि लिएर किराना पसलहरुमा चोरी भएका छन् ।
प्रहरीले पर्याप्त सुरक्षाको प्रत्याभुति दिन नसकेको बताउँदै व्यापारीहरुले आज विहानैबाट इनरुवा बजार बन्द गराएका छन् ।
उद्योग वाणिज्य संघ इनरुवाको अगुवाईमा विहानैबाट इनरुवा बजार बन्द गराइएको छ । बजार क्षेत्रका अधिकांशजसो पसल बन्द गरिएका छन् ।

12804065_1017377901643470_1035589875_n
स्थानीय व्यापारीहरु प्रहरीको निस्कृयता बढेको भन्दै इनरुवाको मुख्य बजार चोकको बीच सडकमै धर्नामा बसेका छन् ।
उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष प्रमोद आचार्यले चोरीका घटना बढ्दै जाँदा समेत प्रहरीले चोर पक्रन नसक्नु र दिनानुदिन चोरीका घटना बढ्दै जानुले प्रहरीको कामकार्वाही प्रकृयामाथिनै प्रश्न तेर्सिएको बताए । आचार्यले सुनसरी प्रहरीले स्थानीय व्यापार व्यवसाय सुरक्षित हुने वातावरण सीर्जना गराउन सक्नु पर्ने बताए ।

12825160_1017377071643553_923765954_n
उता सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले केहिदिन यता चोरीका घटनामा वृद्धि हुँदै गएको स्विकार्दै घटनामा संलग्नहरुको खोजी भैरहेको बताए । शंकास्पद केही व्यक्तिहरु पक्राउ गरिएकाले चोर समूहको छिटै पत्ता लाग्ने उनले बताए । सुरक्षा चुस्तताका लागि विशेष प्रहरी समेत खटाइएको बताउने एसपी पोखरेलले सुरक्षा त्रुटी भेटिए ड्युटीमा खटिएका प्रहरीमाथि पनि कार्वाही हुन सक्ने बताए । उनले बजार बन्द गरेर समाधान ननिस्कने भन्दै वार्ताको प्रकृयाबाट अघि बढ्न व्यापारीहरुलाई आग्रह गरेका छन् ।

inaruwa band

तपाईको प्रतिक्रिया