काठमाडौं— राष्ट्रपति रामवरण यादबले संविधान निर्माण प्रक्रियामा असहमतहरुको आवाज समेट्नुपर्छ भन्दा आफू विवादमा परेको बताएका छन्। एनआरएन अन्तर्गत शुक्रबार आर्मी अफिर्सस क्लबमा ग्लोबल कन्फरेन्स उद्घाटन गर्दै राष्ट्रपति यादबले सो कुरा बताएका हुन्।
संविधानको कार्यान्वयन गर्न धेरै अप्ठ्यारो रहेको उल्लेख गर्दै राष्ट्रपति यादबले भने, ‘हामी यत्रो वर्ष संविधान बनाउन पर्खियौं। डिसेन्टिङ भोइसेसलाई मैले प्रक्रियामा ल्याउन भनेँ तर म कन्ट्रोभर्सीमा परेँ।’
संविधान निर्माण प्रक्रिया रोकेर असहमत आवाजहरुलाई समेट्न आफूले दलहरुलाई आग्रह गरे पनि उनीहरुले नसुनेको गुनासो उनले गरे। ‘डिसेन्टिङ भोइसेसलाई ५–७ दिएर उनीहरुलाई पनि समेट्नु भनेँ। सरकारले संविधान सभाले र दलहरुले उनीहरुलाई बोलाउनुपर्छ भनेँ तर उनीहरुले सुनेन्’, राष्ट्रपति यादबले भने, ‘अहिलेका पार्टी, सरकार र रुपान्तरित व्यवस्थापिका संसदले त्यो काम गर्नुपर्छ भनेर मैले घचघच्याइरहेको छु।
एनआरएन कन्फरेन्स उद्घाटनमा लिखित मन्तव्य दिइरहेका राष्ट्रपतिले अचानक राजनीतिक विषयमा बोल्न थालेपछि भाषण पट्यार राखेका थिए। ‘जसरी भूकम्पले हाम्रो मन जोडेको थियो त्यसरी नै हामी सबैको मन जोड्न जरुरी छ’, उनले भने।साभार: नागरिक न्युज

 

तपाईको प्रतिक्रिया